अछाममा २ बर्षिय बलिकासहित १० जनामा कोरोना संक्रमण

संक्रमितको संख्या १२४ पुग्यो

अछाम, अछाम जिल्लामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा २ बर्षिय बालिका सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले कुसे न्युजलाई दिएको जानकारी अनुसार कमलबजार नगरपालिकाका वडा नं २ का ६ जना जस मध्य बर्ष २१, २२, ३३, ५८, ४०, र २१ का पुरुष र साफेवगर नगरपालिका वडां नं. ९ का ३ बर्षिय बालक सहित २८ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसै, मेल्लेख गाउँपालिका वडां न ४ का २ बर्षिय बालिका सहित ८ बर्षिय बालकमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख ढुङ्गानाले जानकारी दिए । त्यसेैगरी हालसम्म अछाममा कोरोना संक्रमित हुनेको सख्या १२४ पुगेको छ ।