दाङका दश स्थानीय तहमा ८ अर्ब ४० करोड ३५ लाख बजेट, कुन पालिकामा कति ?

दाङ, संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहहरुले असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार दाङका १० वटै स्थानीय तहले बुधबार बजेट प्रस्तुत गरेका छन् ।

आउँदो आर्थिक वर्ष २०७७/०७८ का लागि दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकाले ८ अर्ब ४० करोड ३५ लाख ३२ हजार ९ सय २८ रुपैयाँको बजेट सभामा प्रस्तुत गररेका छन् ।

कुन पालिकाको कति बजेट ?

घोराही उपमहानगरपालिकाको १ अर्व ८५ करोड २२ लाख ९३ हजार

घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्व ८५ करोड २२ लाख ९३ हजार रुपैयाको बजेट प्रस्ताव गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपानेले बुधबार नगरसभामा उक्त वजेट प्रस्ताव गर्नुभएको हो । उहाँले चालुतर्फ १ अर्व ८ करोड ५७ लाख २२ हजार अर्थात ५८ दशमलव ६० प्रतिशत रकम विनियोजन गर्नुभएको छ भने पुँजीगततर्फ ७६ करोड ६५ लाख ७१ हजार अर्थात ४१ दशमलव ४० प्रतिशत रकम विनियोजन गरेको उल्लेख गर्नुभयो ।

उहाँले आगामी वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रु २५ करोड, सङ्घीय वित्तिय सामानीकरण अनुदानबाट रु ३२ करोड ७२ लाख, सङ्घीय राजश्व बाँडफाँडबाट रु २१ करोड १२ लाख १० हजार ६ सय, सङ्घीय सशर्त अनुदानबाट रु ६४ करोड ७ लाख, सङ्घीय समपुरक अनुदानबाट रु ७२ लाख व्यहोरिने बताउनुभयो ।

त्यस्तै प्रदेश सामानीकरण अनुदानबाट रु ७९ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट रु २ करोड ७१ लाख १९ हजार, प्रदेश सशर्त अनुदानबाट रु ७ करोड ६८ लाख ५० हजार र प्रदेश समपुरक अनुदानबाट रु ३ करोड व्यहोरिने जानकारी दिनुभयो। यसबाट अपुग हुने रकम २७ करोड ४० लाख ४० हजार ४ सय बैंक मौज्दातबाट व्यहोरिने उपप्रमुख न्यौपानेले बताउनुभयो ।

तुलसीपुर उपमहानगरको २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार

तुलसीपुर उपमहानगरपालिकाले घोराहीको भन्दा बढी बजेट सभामा प्रस्ताव गरेको छ । आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि तुलसीपुरले २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार बजेट सभामा प्रस्ताव गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले पुँजीगततर्फ १ अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ ६६ करोड २० लाख ६४ हजार बजेट प्रस्तुत गर्नुभयो। उहाँले बजेट प्रस्तुत गर्दै उपमहानगरले स्वास्थ्य, कृषि, शिक्षा, रोजगारलाई प्राथामिकता दिएर बजेट ल्याएको बताउनुभयो ।

लमही नगरपालिकाको ८३ करोड ७४ लाख ५६ हजार ७ रुपैयाँ

लमही नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ८३ करोड ७४ लाख ५६ हजार ७ रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाका उपप्रमुख देवका बेलवासेले बजेट प्रस्तुत गर्दै नगरपालिकाले चालुतर्फ ४१ करोड ५ लाख ५६ हजार ७ रुपैयाँ र पुँजीगततर्फ ४१ करोड ८९ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कुन गाउँपालिकाको कति बजेट ?

दाङको सबैभन्दा पश्चिमा रहेको बबई गाउँपालिकाले ४६ करोड २१ लाख ५६ हजार ३६१ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । सातौँ गाउँसभामा उपाध्यक्ष सावित्रा विश्वकर्माले उक्त रकम बराबरको बजेट प्रस्ताव गर्नुभएको हो । गाउँपालिकाले ७० दशमलब ५९ प्रतिशत पुजीगत र चालु तर्फ २९ दशमलब ४१ बजेट गरेको छ । गाउँपालिकाले महामारीको रुपमा रहेको कोरोना भाइरस रोकथामका लागि ५० बजेट ब्यबस्थापन गरेको उपाध्यक्ष विश्वकर्माले बताउनुभयो ।

यस्तै शान्तिनगर गाउँपालिकाले ४३ करोड ५४ लाख ६० हजार ६ सय बराबरको बजेट प्रस्ताव गरेको छ । उपाध्यक्ष मिथिला शाहले बजेट सार्बजनिक गर्दै २७ करोड ८ लाख ९६ हजार ६ सय चालुतर्फ र १६ करोड ४६ लाख पुजीगततर्फ बजेट ब्यबस्थापन गरिएको जानकारी दिनुभयो। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ५० लाख, शिक्षामा १ करोड ७५ लाख, कृषि क्षेत्रमा ५० लाख वजेट विनियोजन गरेको छ ।

तुलसीपुरसँग सीमाना जोडिएको दंगीशरण गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ९० लाख १४ हजार ४ सय रुपैयाँको बजेट गाउँसभामा प्रस्ताव गरेको छ । गाउँपालिकाका उपाध्यक्ष पिमाकुमारी खड्काले गाउँसभामा वजेट प्रस्तुत गर्नुभएको हो ।

उहाँले संघीय सरकारको बित्तिय समानीकरण अनुदान अन्तर्गत ९ करोड ४७ लाख, सशर्त अनुदान अन्तर्गत १३ करोड ५३ लाख, राजश्व वाडफाड बाट ६ करोड ७० लाख ८५ हजार ४ सय रुपैया व्यहोर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै प्रदेश सरकारबाट बित्तिय समानीकरण अनुदान अन्तर्गत ५० लाख ७९ हजार, प्रदेश सशर्त अनुदान अन्तर्गत १ करोड ४८ लाख ५० हजार, प्रदेश सरकार विशेष अनुदान १ करोड १० लाख, प्रदेश राजश्व बाँडफाडतर्फ २९ लाख ५० हजार रकम आउने अनुमान छ ।

आन्तरिक आयतर्फ ८० लाख, राजिष्टेशन शुल्कबाट १० लाख, अन्य तहबाट प्राप्त अनुदान ५ हजार अनुमान गरिएको छ भने चालु आवबाट बचत हुने ६ करोड अनुमान गरिएको छ ।

गाउँपालिकाले कोरोना भाइरस रोकथाम, रोजगार, कृषि, सिंचाई तथा विकासका कामलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको जनाएको छ । कोरोना भाईरस नियन्त्रण तथा जनताको जीवन रक्षाका लागि ३० लाख रुपैया कोरोना कोषका लागि छुट्याइएको छ ।

यस्तै दाङको ग्रामीण क्षेत्रमा पर्ने बंगलाचुली गाउँपालिकाले २०७७/०७८ को लागि ५१ करोड ६३ लाखको बजेट ल्याएको छ । सातौँ गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष यमुना थापामगरले पुँजिगत तर्फ २२ करोड ४६ लाख अर्थात ४४ प्रतिशत र चालु तर्फ शिक्षा र स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा रकम ५ करोड २० लाख सहित २८ करोड ९९ लाख अर्थात ५६ प्रतिशत गरी कुल जम्मा ५१ करोड ६३ लाखको बजेट प्रस्तुत गर्नुभएको हो ।

पालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमीकता दिएर बजेट विनियोजन गरेको छ। बचौ र बचाऔँ महामारीबाट, उठाऔ पूर्वाधारस् जुटौ कृषि उत्पादनमा, भन्ने मुल नाराका साथ आ।व।२०७७र०७८ को निति तथा कार्यक्रम पारित गरिएको हो ।