प्राध्यापक संघले बुझायो विश्वविद्यालयका उपकुलपति समक्ष १४ बुदे ध्यानकर्षण पत्र

यस्ता छन् मागहरु

सुर्खेत, प्रजातन्त्रवादी प्राध्यापकसंग, नेपाल मध्यपश्चिम विश्वविद्यालय समन्वय समितिले ध्यानकर्षण पत्र बुझाएको छ । विहिवार समितले विश्वविद्यालयका उपकुलपति प्रा डा नन्द बहादुर सिंहलाई भेटेर विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीको हकहित तथा विश्वविद्यालयको समग्र विकाशको लागि १४ बुदे ध्याकर्षण पत्र बुझाएको हो ।

विश्वविद्यालय समन्वय समितिका संयोजक रुपेश खत्रीद्धारा हस्ताक्षरित ध्यानाकर्षणपत्र अनुसार विश्वविद्यालयमा कार्यरत आशिंक प्राध्यापकहरुलाई कर्मचारीलाई जेस्ठता, बिषयगत आवस्यकता कार्यभारका आधारमा पुर्णकालिन बनाउने प्रक्रिया यथाशीघ्र सुरु गरी आशिंक रहित विश्वविद्यालयको रुपमा स्थापित गर्नुका साथै करार प्राध्यापक तथा कर्मचारीहरुलाई ऐन नियममा व्यवस्था गरे बमोजिम स्थायी प्रकिया अघाडी बढाईयोस् ।

विश्वविद्यालयको भिभिन्न ऐन तथा नियम अनुसार सेवा आयोगवाट सिफारिस भई स्थाई नियुक्ति प्राप्त गरिसकेका प्राध्यापक तथा कर्मचारीहरुले पाउनु पर्ने सेवा सुबिधा कार्यान्वयनमा नआएकोले नियमानुसार तत्काल कार्यनयन गरियोस्, समायोजनको क्रममा घटुवा भएका प्राध्यापक तथा कर्मचारीलाई साविककै पदमा नियमानुसार पदस्थापन गरियोस् ।

साथै, मनोमानि ढंगले ऐन, नियम विपरीत गरिएका विशेष प्रकारका नियुक्तिले गलत नजिर स्थापित हुनेहुदा यस प्रकारका नियुक्तिहरु तत्काल सच्याइयोस्, अनलाईन कक्षालाई ब्यवस्थित रुपमा सन्चालन गर्न आवस्यक प्रने ऐन, नियम र कार्यबिधी निर्माण गरि यथाशीघ्र लागू गरियोस्, अनुसन्धान मैत्रि शिक्षण सिकाई गतिविधिहरु प्रवधन गर्नका लागि आवस्यक ल्याव र बजेटको व्यवस्था गरियोस् ।

त्यस्तै, हाल केन्द्र सरकारद्धारा सन्चालित मध्यपश्चिम विश्वबिद्धालयलाई प्रदेश सरकारको मातहतमा रहने गरि उच्च शिक्षा ऐन २०७७ को मस्यौदामा उल्लेख भएको प्रति समितिको गम्भीर असहमति जनाउदै तत्काल सच्याएर संघ अन्तर्गत कायम राख्न जोडदार पहल गरियोस्, क्यापस समायोजन हुनु अघि कार्यकत प्राध्यापक तथा कर्मचारी समायोजन गर्दा प्राबिधिक कारणले नसमेटिएकालाई आवस्यक प्रक्रिया पूरा गरि नियुक्ति दियियोस् । लगायतका विभिन्न माग सहित ध्यानकर्षण पत्र बुझाएको छ ।

यस्तो छ १४ बुदे माग सहितको ध्यानकर्षण पत्र