नेपालगन्ज ११ का युवा क्लबद्धारा शिक्षण सामाग्री बितरण

नेपालगन्ज, बाँके नेपालगन्ज उपमहानगरपालिका ११ का युवा क्लबद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री तथा ब्याग बितरण गरिएको छ ।

बुधवार नेपालगन्ज उपमहानगरपलिका वडा न ११का युवा क्लब द्वारा करिब १०० जना बालबालिकाहरुलाई शिक्षण सामाग्री तथा ब्याग वितरण कार्यक्रम गरिएको हो ।

वितरण कार्यक्रममा यस वडा कार्यालयका वडा अध्यक्ष उज्ज्वल सिंह राठौर र वडा सदस्यहरुको उपस्थिती रहेको थियो। आयोजक तथा वडा युवा क्लबका सदस्यहरु विशाल कस्याप , इरफान अलि , सुरज शाहु , जगृती गुप्ता , सतिस मिश्रा आदि रहेका थिए ।