अनेरास्ववियू बाँकेको चेतावनी : लकडाउन अवधिमा शुल्क नउठाउ

नेपालगन्ज, अनेरास्ववियू बाँकेले  लकडाउन अवधिमा शैक्षिक शुल्क नउठाउन चेतावनी दिएकाे छ । शुल्क असुल्ने अभिप्रायकासाथ प्याप्सन तथा एन प्याप्सनले जारी गरेको संयुक्त अपिलको अनेरास्ववियू बाकेले निन्दा गरेको हाे ।  बिहिबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियू बाँकेले उक्त निर्णय तत्काल सच्याउन सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ । 

अनेरास्ववियू बाँकेका संयाेजक सुरेन्द्रजंग शाह जम्बाे र सह संयाेजक टेकेन्द्र मल्लद्वारा जारी बिज्ञप्तिमा भनिएकाे छ   ‘विश्व नै कोरोनाको संकटमा छ । नेपाल पनी कोरोनाबाट अछुत रहन सकेन ।  निजि क्षेत्रबाट संचालित निजि विद्यालयहरुको संगठन प्याप्सन र एन प्याप्सनद्वारा विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरि संकटको बेला पनि शुल्क अशुल्ने अभिप्रायले जारी गरिएको अपिल प्रती अनेरास्ववियू बाँके जिल्ला लगाएत संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । संकटको बेला शुल्क उठान खोज्ने निजि विद्यालयको नियन प्रती हामी घोर निन्दा गर्दछौ’ ।