आइफेल टावर १ सय ४ दिनपछि खुल्ला

एजेन्सी, कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १ सय ४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खुला गरिएको छ।विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको टावर अझै केही समय पर्यटकका भने लागि खुला नगरिने जनाइएको छ।

बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरुसहित करिब ५० जनाले सिँढीबाट आइफेल टावरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ। सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने जनाइएको छ।