नगरसभामै नगर प्रमुखमाथि खुर्सानीको धुलो प्रहार गरेपछि

मुगु, छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनका क्रममा नगर प्रमुख हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ । बुधबार गमगढीमा आयोजना गरिएको कार्यक्रममा नगरकार्यपालिकाका असन्तुष्ट सदस्यले नाराबाजी गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका हुन् । आफूलाई फालेको खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीलाई परेको नगर प्रमुख शाहीले बताए ।

खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्य कर्ण कुलाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताए । उनका अनुसार असन्तुष्ट नेकपाका जनप्रतिनिधिले नगरसभामा नाराबाजी गर्दै करिब ५० वटा कुर्सी फुटाएका छन् । कान्तिपुर दैनिकबाट