तिमी खेत बनेर गरिरहनु रोपाइँ जिन्दगीभर

गजल

म कुलो बनेर गरुला सिचाइ जिन्दगीभर
तिमी खेत बनेर गरिरहनु रोपाइँ जिन्दगीभर । 

जस्ले खुट्टा तान्ने काम गरिरहेछ आजसम्म,
उसैलाई गरेर हिडियो भलाई जिन्दगीभर ।

बाबै यो सत्ता त सुतिसुति खाने बर्गको हो।,
हामी त बाच्नुपर्छ पसिना बगाई जिन्दगीभर

अब त कसैको दिलमा स्थायी बस यार,
कतिन्जेल गर्छौ बसाइँसराइ जिन्दगीभर ।

तपाईं कस्तो राष्ट्रिय एकताको कुरा गर्नुहुन्छ,
यहाँ घरभित्रै लडिरहेछन् दाजुभाइ जिन्दगीभर ।

आठविस न.पा दैलेख हाल नेपालगन्ज