२२८ नेपाली लिएर आएको कोरियन एयर २३३ जना लिएर फर्कियो

काठमाडौं, नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्। यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ ।

कोरिएन एअरको विमान केइ-९६९५ ले नेपालबाट आफ्ना कामदारहरु कोरिया लिएर फर्किने तयारीमा रहेकै बेला सोही विमानबाट नेपालीहरू काठमाडौं शनिबार बिहान काठमाडौं उत्रिएका हुन् ।

नेपालबाट ईपीएस पास गरेर कोरिया जाने तयारीमा रहेका कामदार लिन आएको कोरियन एयरले त्यहाँ अलपत्र परेका नेपाली शनिबार काठमाडौँ ल्याइपुर्‍याएको हो।

उक्त विमानले २३३ जना नेपाली कामदार लिएर कोरिया फर्किएको छ।

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाल आउन लागेको कोरियन एयरमार्फत अप्ठ्यारोमा परेका नेपाली ल्याउने व्यवस्था गरेको बताए।

यसअघि एनआरएनए कोरियाले उद्धार उडानको प्रयास गरे पनि नेपाल वायुसेवा निगमले कोरियामा अनुमति पाएको थिएन।

कोरोना संक्रमणको कारण उत्पन्न असहज परिस्थितिमा नेपाल जानैपर्ने अवस्थामा कोरयामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि नेपाल सरकारले २०७७ जेठ ११ गतेदखि नै सूचना फारम सार्वजनिक गरी विवरण संकलन गरेको थियो।

अहिले कोरियास्थित नेपाली दूतावासमा ११ सय जनाभन्दा बढी नेपालीहरु विविध समस्यामा रहेको बताइएको छ।