प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल कालापानी निरीक्षणमा

काठमाडौं, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल कालापानी प्रस्थान गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार आज बुधबार बिहानै उनीहरु कालापानी क्षेत्र निरिक्षणका लागि प्रस्थान गरेका हुन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प पनि निरिक्षण गर्ने बताइएको छ ।

स्रोतका अनुसार उनीहरु काठमाडौंबाट धनगढीसम्म स्काई ट्रकमा गएका छन् । त्यसपछि उनीहरु सेनाकै हेलिकप्टरबाट दार्चुलाको छाङरु जानेछन् ।

यसअघि छाँगरु पुग्न भारतको मार्ग प्रयोग गर्नुपर्दथ्यो । अब नेपालकै भुभाग भएर पुग्न सकिने गरी बाटो बनाउने क्रम तिव्र गतिमा चलेको छ ।