कपिलवस्तुमा थप १० जनामा कोरोना पोजेटिभ, संक्रमित संख्या ६५७ पुग्यो

काठमाडौं , कपिलवस्तुको थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका सहित जिल्लाभर संक्रमितको संख्या ६५७ जना पुगेको छ।

वाणगंगा नगरपालिकाका-८ का ३१ वर्षीया एक महिला, ९ का ६० वर्षीय एक पुरुष, शिवराज नगरपालिका-२ का १९ वर्षीय एक महिला, ४ का ४० वर्षीय एक पुरुष,, ८ का ४५ वर्षीय एक पुरुष, ९ का ३१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, बुद्धभूमि नगरपालिका-७ का १९, २२ र २६ वर्षका ३ जना पुरुषमा पनि कोरोना संक्रमण भएको छ। सोही नगरपालिकाको वडा नम्बर ८ कि १८ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा स्वाब नमुना परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण देखिएको हो