सरकार ! क्वारेन्टाइन जान्न म

कविता

सरकार !
क्वारेन्टाइन जान्न म ।
दिनडाहडै बलात्कार हुन्छ त्यहाँ 
भर्खर कलकलाउँदो
बैसालु यौवनमा टेकेकी केटी हुँ ।
रहर छैन् मलाई बलात्कृत भएर बाच्न
सरकार त्यसैले म कैले पनि
क्वारेन्टाइन जान्न ।

सरकार एकै ओछ्यान एकै कोठाममा किचन
र सौचालय बिनाका
तिम्रा ती क्वारेन्टाइनहरु
र गोठमा ल्याएर अनि भर्खर बाधिएका बोकाहरुका झै गरेर
ठसठसी गनाइरहेका दुर्गन्धहरु
सरकार म कुनै जनावर हैन
त्यसैले म तेरो क्वारेन्टाइन जान्न ।

पानी नभएको मरुभुमी भन्दा पनि बढी पथ्झर
अनि कोचिएर बाख्रापाठाहरु
राखिएको खोर जस्ता
तिम्रा ती क्वारेन्टाइनहरु
फोहोर धुलोधुवाँ र
दुर्गन्धले आफै असङ्ख्य रोगहरु फैलिरहेको
कठोर कारखाना जस्तो
त्यो क्वारेन्टाइन जान्न म
किनकी, त्यहाँ कोरोना भाइरस सङ्गसङ्गै
मलाई एचआइभी भाइरस
पनि फैलिरहेको झै लागिरहेछ ।
सरकार यसैले म क्वारेन्टाइन जान्न
दिनडाहडै बलात्कार हुन्छ त्यहाँ ।

जानै परे अस्पतालमा जाहुँला
आइसुलेशनमा पनि बसौला
तर, अफसोच मेरो यो मन चाहान्छ
जिवनभर त्यहाँ बस्नु नपरोस
म त्यहा जान्न ।
परिवारसङ्ग छुट्टिएर
बरु म बाहिरै बस्न राजी छु ।
हाम्रो गाईगोठको सबैभन्दा पछाडी पट्टि
एउटा छुट्टै कोठा बनाएर बसौँला
तर, म क्वारेन्टाइन जान्न सरकार
दिनडाहडै बलत्कार हुन्छ त्यहाँ ।

बरु मेरो हरेक गासहरुबाट खानाखर्च कटाएर
कुनै भोको गरिबलाई दियोस
रास्ट्रपति निवासमा करौडौ पर्ने गलैचाहरुबाट
केही रुपैयाहरु झिकेर
क्वारेन्टाइनमा धेरै कोठा र झ्यालढोकाहरु राखियोस
र त्यही झ्यालढोकाहरुमा राखियोस
केवल सय रुपैयाको साँचो किनेर
राखिएको त्यहिदिन
यो नेपालि नारी क्वारेन्टाइन जानेछिन
त्यसैले, म ऐले क्वारेन्टाइन जान्न आमा ।

सुनेकी छु , त्यहाँ 
कोरोना रोग लागेर
नौजवान युवाहरुको दुखान्त निधन हुन्छ ।
तत पश्चात परिक्षणहरुमा पिसिआर आउँछ ।
भोकमारी लागेर मान्छे मरिसकेपछी ,
जिवनभर कैले पनि आफ्नु अनुहार
नदेखाउने यो देसको सरकार आउँछ ।
बर्दिया गुलेरियाका जोगिराम गोडिया जस्ता
हजारौ हजार गरिबहरुले
क्वारेन्टाइनमा आएर पनि
एक थोप्पो पानी प्युन नपाएर मर्छन
ज्यालादारी गर्नेहरु
भोकमरि भुमरीमा परेर मर्छन ।

हो, तिनै मर्दै गरेका मजदुरहरुको निमित्त
गाँस बाँस र कपाससहितको
एउटा सानू झुपडि बनेको दिन
जरुर म क्वारेन्टान जानेछु ।
सुरक्षा गार्डहरुको सहितको
बालुवाटार, र सिहंदरवारमा
कैले पनि कसैले क्वारेन्टाइन मागेको थिएन ।
सरकार किन ऐलेका क्वारेन्टाइनहरुमा
सुरक्षाको अभाष दिलाउन सकिएन ?

बैदेशिक रोजगारमा गएकी
अनि भिसा सकिएर अलपत्र भएकी
६३ हजारको प्लेनटिकट तिरेर
कुबेतबाट भर्खर स्वदेस आएपछी
यो देसभर अखङ्गख्य हाहाकार
र बलात्कारको समाचार थहा पाएपछि
कुनै कुमारी नारीले बोलेको आवाज हो
यो सरकार ‘तेरो क्वारेन्टान जान्न म ‘।