भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय नाघ्यो
प्रकासित मिति : २०७७ असार २, मंगलवार ०६:५६
प्रकासित समय : ०६:५६
काठमाडौं , भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार २४३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ४३ हजार २६ पुगेको हो । एकै दिन अरू ३९५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार ९१५ पुगेको छ ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ८० हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।
कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।