कोरोनाबाट अमेरिकामा मृत्यु हुनेकाे संख्या १ लाख १८ हजार पुग्यो

काठमाडौं , साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ८२ हजार ७१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २० हजार ४८९ जना संक्रमित थपिएका छन् । मंगलबार बिहानसम्म १ लाख १८ हजार २७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४२१ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ८१ हजार २० जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका ११ लाख ८३ हजार ४१८ जनामध्ये १६ हजार ७१५ जनाको अवस्था गम्भीर रहेको छ ।