कार्यालय खुलेको दोस्रो दिनमै साढे आठ लाख घुससहित मालपोतका पाँच कर्मचारी पक्राउ

काठमाडाैँ, सरकारी कार्यालय खुलेको दोस्रो दिनमै डिल्लीबजार मालपोत कार्यालयबाट पाँचजना कर्मचारि पक्राउ परेका छन ।  साढे आठ लाख रुपैयाँ घुससहित पाँचजना कर्मचारी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अधिकृत, तीन नासु र एक खरिदारलाई मंगलबार साँझ पक्राउ गरेको हो । जग्गाको कित्ताकाटका लागि उनीहरूले सो रकम लिएको आयोगले जनाएको छ ।