हमेशा तिम्रो तस्वीर आँखाको नानीमा हुनेछ

गजल

कहिले आगोमा हुनेछ कहिले पानीमा हुनेछ ।
हमेशा तिम्रो तस्वीर आँखाको नानीमा हुनेछ ।

मालीले आफ्नो भाषणमा यस्तो संकेत गर्दै थियो,
अब फुलको हमला भमराको जवानीमा हुनेछ ।

ए सरकार अझै तमासा हेरेर बसिस् भने,
कहिँ नभएको जात्रा अब राजधानीमा हुनेछ ।

आफ्नो फैसला सुनाउदै न्यायाधीश यसो भन्दै थियो,
जरुर हर मान्छे समयको निगरानीमा हुनेछ ।

प्रेममा धोका खाएको एउटा आशिक भनी रहेछ ,
मुना मदनको जस्तो प्रेम अब कहानीमा हुनेछ ।

 गजलबस्ती जाजरकोट
(२०७२/०८/१८)