हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४१, सोमबार मात्रै ६७ जना निको भए

काठमाडौं ,  नेपालमा कोरोना भाइरस संक्रमण भइ निको हुनेको संख्या १ हजार ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ हजार ४१ पुगेको हो ।

हालसम्म निको हुने संक्रमितको संख्या मध्ये १०४ जना महिला र ९३७ पुरुष रहेका छन् । सोमबार थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार २११ पुगेको जानकारी दिएका हुन् । जसमध्ये ४७१ महिला र ५७४० पुरुष रहेका छन् ।