सरिता गिरीको सांसद पद निलम्वन हुने

काठमाडाैँ, पार्टीको निर्देशन र ह्विप नमानी संविधान संसोधन विरुद्द उभिएको भन्दै संसदबाट हटाइने भएको छ। समाजवादी पार्टीबाट समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसद गिरीलाई देश र संविधानको विपक्षमा उभिए पछि पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने पार्टीका एक नेताले बताए।

गिरीले नेपालको नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी थिइन। पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरे पछि फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो,’ तर उनी विपक्षीमा उभिएकी थिइन। पार्टीले तत्काल बैठक बसेर निर्णय गर्ने तयारी समेत शुरु गरेको स्रोतको भनाई छ।