प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोडको बजेट

काठमाडौँ, प्रदेश नम्बर ५ ले ३६ अर्बको बजेट ल्याएको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोख्रेलले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेका छन् ।

उनले कुल विनियोजनमध्ये चालु तर्फ १३ अर्ब १५ करोड ५ लाख अर्थात् ३६ दशमलव ९४ प्रतिशत, पुँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात् ५१ दशमलव ०१ प्रतिशत रहेको बताए ।

यस्तै वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई सशर्त अनुदान १ अर्ब ३८ करोड ९८ लाख, वित्तीय समानीकरण अनुदान ५० करोड, समपूरक अनुदान १ अर्ब ५० करोड, विशेष अनुदान १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख विनियोजन गरेको बताए । जुन कुल विनियोजनको १२ दशमलव ०५ प्रतिशत हो ।