कर्णाली सरकारको बजेट : कोरोनाबाट कसैको मृत्यू भए एक लाख

एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम सुरु

सुर्खेत,  प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट पेश गरेका छन् । कोरोनाबाट कसैको कर्णालीमा मृत्यू भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कोरोना विरुद्धको लडाईमा जनचेतना जगाउन कालागि स्वास्थ्य स्वंयसेविकालाई खटाइने भएको छ ।

उनीहरुलाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको छु । यसकालागि चार करोड विनियोजन गरिएको मन्त्री ज्वालाले भने । कोभिड १९ लाइ परास्त गर्न खटे्का सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सफाईकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताए । एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष परिचालन गरिने छन्त्री ज्वालाको भनाइृ छ ।

एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम सुरु

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कोरोनाले निम्त्याउने भोकमरीबाट जनता बचाउन सरकारको प्रमुख कर्तब्य भएको बताएका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट पेश गरेका छन् । ‘आधारभूत बस्तुको सहज आयातको व्यवस्था मिलाईनेछ । नीजि, सहकारीसँगको समन्वय गर्दै भण्डारण क्षेत्र बढाइने छ । एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम सुरु गरिने छ ।  आफ्नो गाउँ आत्मनिर्भर बनाऔं भन्ने लक्ष्यका साथ यो कार्यक्रम लागु भएको छ ।

दिर्घरोगी, बालबालिकालगायतलाई उचित राहत उपलब्ध गराईने,

विकास सँगै रोजगारी सिर्जना गरिनेछ ।’ दिर्घरोगी, बालबालिकालगायतलाई उचित राहत उपलब्ध गराईने, उपभोक्ता, श्रमा सहकारी, श्रम कार्यदल, आम नागरिकलाई सहभागि गर्दै खाद्यान्न दिने काममा लगाउने कार्य सुरु गरिने मन्त्री ज्वालाले बताए । यसकालागि एक अर्ब २० करोड बजेट विनियोजन गरेको उनको भनाई छ । खाना नाना र छाना कार्यक्रमका लागि २० करोड विनियोजन गरेको छु । मेसिन उपकरणको उपयोग नगरी मानव श्रमको प्रयोग गर्ने योजना छ ।