गजल
प्रकासित मिति : २०७७ जेष्ठ ३१, शनिबार ०९:५०
प्रकासित समय : ०९:५०
बन्दुक कस्तो हुन्छ बन्दुक हेर्दैहोला
बाजेको पालाको तमसुक हेर्दै होला ।
राशनको भाउ बढेको खबर भन्दैछ
उ बाझो खेतमा बसि फेसबुक हेर्दैहोला ।
साधुको नजर पनि किन बेचैन छ
ब्लाउजको फुक्लेको हुक हेर्दैहोला ।
म देख्दैछु बत्ती निभेको एउटा कोठा
कसैले घोप्टिएको चुक हेर्दै होला ।
खुब सम्झियो उसले बारडान्सर केटि
सायद पात झरेको रुख हेर्दै होला ।
सुकिलो मान्छे यहि बाटो भएर जान्छ
कच्ची सडकले नयाँ मुलुक हेर्दै होला ।
थुक्दै गाली गर्दै आफैलाइ मुक्का हान्यो
सलामी ऐनामा आफ्नै मुख हेर्दै होला ।