स्काभेटरमा आगजनी गर्ने व्यक्तिलाई कडा कारवाही र क्षतिपूर्तिको माग
सिसहनियाँ, स्काभेटरमा आगजनी गर्ने व्यक्तिलाई दाङ निर्माण व्यवसायी संघले कडा कारवाही गर्न र क्षतिपूर्तिको माग गरेको छ । दाङ निर्माण व्यवसायी संघले देउखुरीमा सडक निर्माणमा प्रयोग भएका स्काभेटरमा आगजनी भएको घटना प्रति गम्भीर ध्यानआकर्षण समेत भएको जनाएको छ ।
संघका महासचिब सोकबहादुर रोकामगरले बिहिबार एक प्रेस बिज्ञप्ती जारी गरी केही दिन पहिले कल्याणकोट कालाकाटे गढवा सिक्टा सडक निर्माणमा प्रयोग भएका स्काभेटरहरुमा आगजनी गर्नेलाई तत्काल पहिचान गरि कडा कार्वाही गर्न माग गरेका हुन् ।
बज्रगुरु कान्छाराम कन्ट्रक्सन जेभीका ति स्काभेटरमा आगजनी हुदा करोडौँको नोक्सानी भएको भन्दौ दोषीलाई कार्वाही र क्षतिपूर्तीका लागि सरकार सँग संघले माग गरेको हो । निर्माणमा खटिएका निर्माण व्यवसायीलाई हतोत्साहित गर्ने क्रम नरोकिएको भन्दै महासचिब रोकाले निर्माण कार्य रोकेर सुरक्षा माग्नु पर्ने अबस्था आएको उल्लेख गरे । तीन दिन पहिले गढवा गाउँपालिका १ जेठानगाउँमा राखिएका ५ वटा स्काभेटरमा आगजनी भएको थियो ।