पहाडी क्षेत्र विकास अभियानले दियो कुशेलाई साढे एकलाख बराबरको सामाग्री
जाजरकोट, पहाडी क्षेत्र विकास अभियान (HRDC) जाजरकोटले कुशे गाउँपालिकालाई कोरोनाबाट बच्ने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ ।
पहाडी क्षेत्र बिकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रणबहादुर कार्कीले कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलाई उक्त सामग्री आज हस्तान्तरण गरेका हुन ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग कुशे गाउँपालिकाको समन्वय र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सामाजिक सहजीकरणमा सामाग्री हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएको सामाग्रीमा हेन्ड वास लिक्विड १२५ वटा, रिलिफ पउच हेन्ड वास १२५ वटा, बकेट पलास्टिक सहित मग र धाराको टुटि ८० वटा, साबुनदानी २० वटा, ग्लोब्स सर्जिकल ९१ वटा, वाटर फिल्टर २० वटा र स्माल हेन्ड कटन ४०० वटा रहेको र उक्त सामग्रीको मुल्य १३९,४७८/- कार्यकारी निर्देशक रण बहादुर कार्कीले बताए । हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामछाया कुमारी शाहीको पनि उपस्थिति रहेको थियो ।