क्वारेन्टाइनबाट भागिन् एक महिला
प्रकासित मिति : २०७७ जेष्ठ २९, बिहीबार १२:५९
प्रकासित समय : १२:५९
दाङ, तुलसीपुरको क्वारेन्टाईनमा राखेकी एक महिला गएराती भोगेकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ स्थित अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा राखेकी महिला गएराती भागेको प्रहरीले जानकारी दिएको छ ।
क्वारेन्टाईनबाट भागेकी २८ बर्षीया महिलाको खोजीकार्य तीब्र पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । खोजी कार्यकालागि प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
एस अघि पनि क्वारेन्टाईनबाट भागेकी महिलालाई विरुवाको डाँडाबाट फर्खाएर ल्याइएको थियो । गत जेठ १९ गतेदेखि क्वारेन्टाईनमा श्रीमान र श्रीमति वस्दै आएका छन् । क्वारेन्टाईनमा ६७ जना छन् ।