प्युठानमा एक कैदीको मृत्यु
भालुवाङ , जिल्ला कारागार प्युठानमा रहेका एक कैदीको मृत्यु भएको छ । कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ का ६९ वर्षीय खगिराम रामजाली घर्तीमगरको मृत्यु भएको कारागारले जनाएको छ ।
मगरले एक्कासी मुटु दुख्यो भनेपछि उनलाई जिल्ला कारागार खलंगाबाट उपचारका लागि बुधबार बिजुवार अस्पताल पठाइएको थियो । रामजाली घर्तिमगरको उपचारकै क्रममा गए राति ९:१० बजे बिजुवार अस्पताल मै मृत्यु भएको कारागारका प्रमुख सुर्यबहादुर पन्तले बताए ।
उनलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत प्यूठानले १५ वर्ष कैद सजाय सुनाएको थियो । उनले २०७२ साउन १७ गते गतेदेखि कैद भुक्तान गर्दै आइरहेको पन्तले बताए ।
कारागारका अनुसार ५ वर्ष १ महिना २८ दिन उनले कैद भुक्तान गरीसकेका थिए । रामजाली घर्तिमगरको शव परीक्षणका लागि अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ । मृतकको पोष्टमार्ट्म पश्चात् शब आफन्तको जिम्मा लगाईने कारागारले जनाएको छ । कारागारमा उनीसहित ६१ जना थिए ।