साच्चै औंठाछाप छुँ रत जिन्दगी खेर गयो

गजल

साच्चै औंठाछाप छुँ रत जिन्दगी खेर गयो
त्यसैले ‘बा’ को कालोपाटी र खरी खेर गयो ।

मेरो गाउँ दियालो र टुकिले झिलिमिली छ
उता उपरखुट्टी लगाएर गण्डकी खेर गयो ।

पर्दा पछाडि नाँच्न धेरै सजिलो हुन्छ मित्र
अगाडी पो मारुनी नृत्यको सखी खेर गयो ।

भन्नुहोस् तपाईंको आमा हुनुहुन्छ कि नाइँ
मेरो त बर्षौदेखी आँगनको तुलसी खेर गयो

छुटेका अपराधी जति नेताका मान्छेहरु हुन्
तपाई नबुझेरै भन्नुहुन्छ हतकडी खेर गयो ।

जयपृथ्वी न.पा. १ बझाङ
हाल भक्तपुर ।