पचालझरनाका क्वारेन्टाइनमा बसेका ७९ जनालाई घर पठाइयो
प्रकासित मिति : २०७७ जेष्ठ २८, बुधबार १०:१४
प्रकासित समय : १०:१४
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७९ जनलाई घर पठाइएको छ । गाउँपालिकाको वडा नं ४ ज्ञानोदय माबिमा बसेका ७९ जनाको आरडिटि रिर्पोट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाका प्रबक्ता अनरुप रोकायाले जानकारी दिए ।
रोकायका अनुसार उनिहरु भारतको बिभिन्न ठाउँबाट गाउँपालिका आएका थिए । उनिहरुको आरडिटि रिर्पोट नेगेटिभ आएपछि घर पठाइएको हो ।
उनिहरुको बिदाई गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले गरेकाे रोकायले बताए । ज्ञानोदय माबि राम्नाकोट क्वारेन्टाइनमा बसेका उनिहरुले बिद्यालदयमा श्रमदान समेत गरेका थिए ।
उनिहरूको बिदाइ गाउँपालीका अध्यक्ष खडगराज सेजुवालले गरेका थिए । अध्यक्षसेजुवाललले घरमा सुरक्षित रहन समेत आग्रह गरेका थिए ।