पलाता क्वारेन्टाइनमा रहेका १४५ जना घर फर्किए

कालिकोट, कालिकोटकाे पलाँता गाउँपालिकाको क्वारेन्टाइनमा रहेका  १४५ जनालाई घर पठाइएको छ । पलाँता गाउँपालिका स्वास्थ्य शाखाले दुवै क्वारेन्टाइनमा बसेका उनीहरुको र्‍यापिड टेस्ट आरडिटि गरेर घर पठाएको हो ।

भारत तथा नेपालबाट आएका उनीहरु करिब तिन हप्तादेखि गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । पलाँता गाउँपालिका वडा नम्बर ९ सरस्वती माविमा रहेका १४६ जना आज घर फर्किएका छन् । उनीहरु सबैको आर डि टि टेस्टमा कोरोना नेगेटिभ देखिएपछी उनीहरुलाई घर पठाइएको पलाँता गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हीमाल संज्यालले बताएका छन ।

भारत तथा नेपाल आएका उनीहरुहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाएर उनीहरुको स्वास्थ्य जाच पछी मात्रै आज घर पठाइएको हो । बिगत तिन हप्ता देखि पलाँता स्थित सरस्वती माविको क्वारेन्टाइनमा बस्दै आएको हरि बि क भारतको दिल्ही बाट फर्केका हुन् ।

उनी दिल्हीबाट फर्केसंगै स्थानीय अगुवा र जनप्रतिनिधिको अनुरोधमा क्वारेन्टाइन बस्न आएका थिए । क्वारेनटाइ अवधि भर सबै किसिमको सुबिधा प्राप्त गरेको बताउने उनी स्वास्थ्य परिक्षण गरेर घर जाने तयारि गर्दै थिए । उनी जस्तै पलाँता गाउँपालिकाका अन्य नागरीकको मुहारमा पनि खुसि झल्कन्थ्यो ।

उनिहरूकाे बिदाइ गाउँपालीका अध्यक्ष लक्षण बहादुर बमले गरेका थिए । अध्यक्ष बमले  घरमा सात दिन होम क्वारेन्टाइन बस्न अनुराेध समेत गरेका थिए ।