दाङको बेलझुण्डी अस्पतालबाट थप ३ जना डिस्चार्ज

दाङ, दाङकाे बेलझुण्डी कोरोना विषेश अस्पतालबाट मंगलबार थप तीन जना बिरामी डिस्चार्ज भएका छन् । उनिहरुको रिपोर्ट पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकोले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

नयाँ स्वास्थ्य निर्देशिकामा कोरोनाको लक्षण नदेखिएका १४ दिन पुरा भए होम आइसोलेसनमा बस्न पाउने प्रावधान अनुसार थप तीन जना बिरामी रिर्पोट नेगेटीभ नआउँदै डिस्चार्ज भएको अस्पतालका प्रमुख डा. सर्वेश शर्माले जानकारी दिएका छन् ।

डिस्चार्ज हुनेहरूमा रुपन्देहीको समरीमाई गाउँपालिकाका रहेका छन् । उनिहरु सबै १४ दिन पुरा भएका तर कोरोनाको कुनै लक्षण नदेखिएका बिरामी भएका कारण रिर्पोट पोजेटीभ भएपनि होम आइसोलेसनमा बस्नेगरी बिदाई गरिएको उनले बताए ।

डिस्चार्ज हुने सबै पुरुषहरु १८ देखि ४४ वर्ष उमेर समुहका रहेका छन् । बेलझुण्डी अस्पतालबाट अहिलेसम्म २१ जना बिरामी डिस्चार्ज भएका छन् । ति मध्ये ८ जनाको रिर्पोट नेगेटीभ नआउँदै होम आइसोलेसनमा बस्नेगरी विदाई भएका हुन् । अस्पतालमा अब ४८ जना बिरामी उपचारारत छन् ।