रिपोर्ट नआउँदै काठमाडौं पुगेका थिए संक्रमित चिकित्सक

चितवन, राजधानी प्रवेशका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य छ। चितवनबाट एक चिकित्सक कोरोना परिक्षणको रिपोर्ट लिएर राजधानीस्थित आफ्नो घर जाने योजनामा थिए। उनले शुक्रबार कोरोना परिक्षणका लागि स्वाब दिएका थिए।

स्वाब परिक्षणको नतिजा सोमबार आयो। कोभिड १९ प्रयोगशालाबाट ती चिकित्सकको रिेपोर्ट पोजिटिभ देखियो। तर उनी आइतबार नै काठमाडैं हिडे। कोरोना पोजिटिभको नआउँदै ती चिकित्सक काठमाडौं पुगेका हुन। आइतबार उनी मोटरसाइकलबाट काठमाडौंको इचंगुनारायणस्थित आफ्नो घरमा पुगेका थिए।

उनले चितवन मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन्। २४ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो। गत हप्ता पनि उनको कोरोना परिक्षण गर्दा रिजेक्ट भएको थियो। स्वास्थ्य प्राविधिकका अनुसार आवश्यक मात्रामा स्वाब संकलन नभए वा स्वाब पोखिए ल्याबको मेसिनले रिजेक्ट देखाउँछ। एक हप्तापछि पुन कोरोना परिक्षण गरिएको हो। तर राजधानी जान रिपोर्टको प्रतिक्षामा रहेकी अर्की चिकित्सकको भने रिपोर्ट नेगेटिभ आएको छ।

उनी पनि चितवन मेडिकल कलेजबाट एमविविएस उत्तिर्ण गरेकी थिइन। चितवनमा दुई जना चिकित्सक र एक जना स्टाफ नर्समा कोरोना संक्रमण देखिएको छ। नारायणी सामुदायिक अस्पतालमा कार्यरत फिजिसियनमा संक्रमण फेला परेको हो। त्यस्तै भरतपुर ४ लंकु घर भएकी स्टाफ नर्समा पनि कोरोना देखिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार संक्रमित चिकित्सक र नर्सको घर शिल गरिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।