विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघ्यो

काठमाडौं, विश्वमा कोरोना (कोभिड–१९) भाइरस महामारीका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार नाघेको छ । ७१ लाख संक्रमितमध्ये ३५ लाख ३० हजार बढी उपचार पछि निको भएका छन् । संक्रमितमध्ये ५३ हजार ७ सय बढीको अवस्था गम्भीर छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक१ लाख १३ हजार नाघेको छ ।

संक्रमितको संख्या २० लाख २६ हजार बढी छ । बेलायतमा २ लाख ८७ हजार संक्रमितमध्ये ४० हजार ५ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३५ हजार संक्रमित र ३३ हजार ९ बढीको मृत्यु भएको छ । फ्रान्समा एक लाख ५४ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ । स्पेनमा दुई लाख ८८ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार एक सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा सात लाख १० हजार बढी संक्रमित हुंदा ३७ हजार बढीको मृत्यु भएको छ । जर्मनीमा एक लाख ८६ हजार बढी संक्रमित र ८ हजार ७ सय बढी मृत्यु भएको छ । चीनमा ८३ हजार कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६३४ छ । रसियामा ४ लाख ७६ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय नाघेको छ ।

यस्तै छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार नाघ्दा ७ हजार ४७३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म करिव एक लाख ३ हजार बढी संक्रमितमा २ हजार ६७ सय बढीको मृत्यु भएको छ । (एजेन्सी)