प्रधानमन्त्री कहाँनेर चुके ?

हामिलाई थाहा छ, विगतका प्रधानमंत्री रवरस्ट्याम्प थिए जतिबेला राजाको शासन थियो ।  प्राकृतिक साधन श्रोतले धनि,कहिलै कसैको गुलाम नभएको वीर शाहसी बहादुरको देश नेपाल संसारकै सबैभन्दा गरिब विपन्न पिछडिएको मुलुक बन्नुमा सम्पूर्ण दोष सामन्तवाद ९राजतन्त्र० लाई थुपार्दै जनान्दोलन सफल पारियो र ईतिहासमै सुन्दर स्वर्णाक्षरले प्रजातन्त्र शब्द कोरियो।

जतिबेला जनताका चाहनाहरू, शहिदका सपनाहरू पुरा गर्ने जिम्मा जननिर्वाचित आदरणिय सम्मानिय जनप्रतिनिधी मन्त्री सांसद सरकार को काधमा आयो, त्यसपछि नयाँ निर्वाचित प्रजातान्त्रिक सरकारले गर्नुपर्ने जनऊत्रदायी कामहरू निम्न प्रकारले गर्नुपर्थ्यो।

१)  सर्वप्रथम, जननिर्वाचित सरकारले देश र जनताको दुस्मन सामन्तवाद (राजा लगायत राजतन्त्रवादी सबैको)  सम्पत्ति जफ्त गरेर तिनीहरूलाई आजिवन कारावास गरिनुपर्थ्यो।

२)  जनान्दोलन मा घाईते र शहिद परिवारको सम्मान र ऊचित संरक्षण गरिनुपर्थ्यो।

३)  जननिर्वाचित सरकारले तुरून्तै स्थानिय स्वशासन सहितको प्रजातान्त्रिक विकेन्द्रीकरण मा आधारित एकात्मक राज्य व्यवस्था लागू गरिनुपर्थ्यो।

४) अन्तर्राष्ट्रीय सिमा सुरक्षाको लागि तारबारको व्यवस्था गर्दै समानताको आधारमा नयाँ सन्धी संम्झौता गरि पासपोर्ट भीसा सिस्टम तुरून्तै लागू गरिनुपर्थ्यो।

५)  सम्पूर्ण सामन्ति शोषण नष्ट गर्दै नयाँ मिती देखी वैदेशिक पलाएन रोकिनुपर्थ्यो र विदेशमा गैसकेका सबै नागरिकको तथ्यांक संकलन र स्वदेशमा भित्रिएको रेमिट्यांस को छण्५ नयाँ नेपाल निर्माण कोषमा लगाऊनुपर्थ्यो।

६० नवनिर्वाचित जनप्रतिनिधी मन्त्री सांसद सबैले भत्ता तलब कमसेकम एक कार्यकाल पाचबर्ष नयाँ नेपाल निर्माण कोषमा दिनुपर्थ्यो।

७)  नयाँ नेपाल निर्माण को लागी प्रत्यक परिवारबाट कमसेकम चार घण्टा दिनमा लगातार पाचबर्ष निशुल्क श्रमदान जुटाऊनु पर्थ्यो।

८)  स्वदेशी उत्पादन लगानीलाई पोत्साहन दिदै गुटी मन्दिर गुम्बा मस्जीद चर्च लगायत सबै धार्मिक सामाजिक संघ संस्था सरकारी गैरसरकारी कर्मचारी सेना पुलिस सबैको छण्५ कोष तनखा भत्ता नयाँ नेपाल निर्माणकोषमा गाभ्ने निर्णय हुनुपर्थ्यो।

९)  शिक्षा स्वास्थ्य ऊधोग सरकारीकरण गरिनुपर्थ्यो, सम्पत्ति को निश्चित हदवन्दी तोकेर लुटको संयन्त्र ध्वस्त पार्न भ्रष्टाचार दलाली नौकरशाही प्रवृतिको अन्त्य गरिनुपर्थ्यो।

१०) पर्यटन, वनजंगल, कृषिऊत्पादन, विधुतमा प्राथमिकता दिदै निस्वार्थ राजनिती गर्दै नयाँ नेपाल निर्माण को चमत्कार गरिनुपर्थ्यो।
हुनसकेन भएन शाषकहरू प्रजातान्त्रिक भनौदा प्रधानमन्त्रीहरू यहिनेर चुके । जनताले गरेको आन्दोलन, सहिदको वलिदानीको अवमूल्यन भयो, लुट शोषण भ्रष्टाचार ले वैधानिकता पायो।

अहिले आएर कोरोना विश्वमहामारीको बेला पनि जनऊत्रदायी भूमिका निभाऊन सकेनन। सिमा लकडाऊन गर्दा कमसेकम तिन दिनको समय दिनुपर्थ्यो त्यसमा नेपाल सरकार चुकेकै हो। प्रधानमन्त्री ओलीलाई मात्र दोष दिएर अरू चोखिन खोज्नु मुर्खता हुनेछ। हजारौ प्रवासी नेपाली बोर्डर बाटोमै अलपत्र परे यो पिडा देखेन।

त्यसपछि पनि कहाँ को कति आपत बिपदमा छन । रेखदेख व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने हो तर यिनीहरू यस्तो विषम परिस्थितिमा पनि दल फुटाऊने जोडने कुर्ची तानातानको घटिया खेलमा लागेर अन्तर्राष्ट्रीय रूपमै वदनाम हुन पुगे।

यि नालायकहरूको जति निन्दा गरे पनि कम पर्छ। माननिय प्रधानमंत्री ओली ज्यू अब तपाई कति मिनेट कुर्सीमा बस्नुहुन्छ, सायद यो लेख प्रकाशित हुदासम्म तपाईको कुर्सी फुत्किसकेको हुनसक्छ थाहा छैन, नयाँ कोही आऊला त्योबाट पनि जनताले केही आशा गर्ने विश्वसनीय आधार छैन ।  किनकी यसमा तपाईको दोष छैन, तपाईको पार्टी संयन्त्र प्रवृत्ति नै जनविरोधी छ।

तपाई र तपाईको पार्टीको खोक्रो राष्ट्रवाद लिपुलेक लिम्पियाधुरा बेचेको जनताले देखिसके । त्यही जाबो मेलेम्चीको पानी झार्न नसक्नेले केको पानीजहाज रेल ग्याँसको गफ हाँक्नुहुन्छ ?  पशुपतिनाथले तपाईको कल्याण गरून, पार्टी नफुटोस, सतबुद्धी पलाओस भन्ने कामना गर्दछु।

प्युठान हाल सुरत