कुइरोको काग !

जनसत्ता ढलेपछि गाउँमा सर्वसाधारण बस्नै नसक्ने अवस्था छ भने शहरमा त झन अत्याचारको पराकाष्टा नै छ । यहि अवस्थामा सामान्तहरु आफ्नो लुटको स्वर्ग फर्काउनका लागि भाडामा ट्यापे, मुन्द्रे, जगटेहरुलाई प्रयोग गरेर राहतको नाममा चास्नीमा डुवायको विषको लड्डु बाँड्दै हिडेको देखिन्छ ।

कसाईले खसीलाई हरियो घाँस हालेजस्तै ठुलो धनराशी लगानी गरेका छन् । यसै विचमा संकटकालिन राजनीतिक स्थितिका कारण रुमलियका उत्पीडीत वर्गसमुदायका योद्दाहरु पनि हिँडीरहेको देखिन्छ । केही विज्ञ भनाउँदा ब्यक्तिहरुको अलि बाक्लो उपस्थिति रहेको देखिन्छ ।

विभिन्न शहरका गल्ली गल्लीहरुमा र चोकचोकहरुमा आफ्ना ब्यथा पोख्ने क्रममा एकजना महिला  योध्दाले यो देशको राष्ट्रपति महिला हुँदा निर्मला पन्त, सीता परियार जस्ता हजारौं हजार नारीहरु उत्पीडनमा परेको कुरा आँखामा आँसुका ढिक्का निकाल्दै ओठहरुको भनझनाटबाट रोदनको धुन कारुणिक मृदुको स्वर निकालीरहँदा यो पंक्तिकारलाई केहि कुरा भन्न मन लाग्यो ।

पृय विर नेपालीहरुका विर योध्दा सपुतहरु ! तपाई महिला, दलित, जनजाती, मधेशी, किसान, मजदुर, हलिया, गोठाला, हरुवा, चरुवा, कमार, कमारी, कम्लहरी, देवकी, झुमा, आनी आदि उत्पीडीत वर्गसमुदायको प्रतिनिधित्व गरेर आर्थिक, नैतिक, सांस्कृतिक र सामाजिक मुक्तिका लागि विभिन्न प्रकारले संघर्ष गरिरहनु भएको छ ।

विभिन्न गल्ली गल्ली र चोकचोमा कुर्लीरहनु भएको छ । कहिल्यै दिउँसै क्यान्डील बालेर सरकार खोज्दै हिड्नु भएको छ त कहिल्यै विच सडकमा छातिको ब्यारेल लगाएर सरकार कुरीरहनु भएको छ। तपाई विद्वान महासयहरुले पेपरका पाना र अनलाईनका भित्ताहरु लेखेर, छापेर, प्रकाशन र प्रशारन गरेर प्रदुशित मात्र पार्नु भएको छ बेक्कारमा !

तपाई राजनेताहरु नयाँ नयाँ पार्टी खोल्दै हिड्नु भएको छ बेक्कारमा! तपाई गित संगितकारले गित गाएर अर्धलोकपृयतामात्रबाट जिवन निर्वाह गनुृभएको छ बेक्कारमा ! तपाई गजल भनेर ५०÷१०० जनाहरुको साहित्य सम्मेलन गरेर अविरापन मात्र गर्नु हुन्छ बेक्कारमा ! तपाई मजदुरहरु मोर्चा बनाएर सडक तताउनु मात्र भएको छ बेक्कारमा ! तपाईहरुले देख्नु भएको छ सक्कली जनवादी र राष्ट्रवादी डा. गोविन्द के.सी.को जनताका निम्ती माग राख्दा राख्दै सडकमा वास भएको छ। तपाईहरु ‘‘टाउकाको दवाई घुडामा लगाई’’ गरिरहनु भएको छ ।

अनि कतिपय तपाईहरु दुई पैसा दिएको भरमा सडकमा दौडीरहनु भएको छ । यसरी तपाई विरहरुको यात्रा कागले कान जता लियो उतै तिर लम्कीएको देखिन्छ । एक हजार रुपैयाँ र एक कट्टा चामलमा भोट बेचेको पनि प्रशस्त देखियो । अरे ओ साथी हो ! आज तपाईहरु राजा आउँ देश बचाउँको आन्दोलनमा लाम बध्द भएको ठुलै संख्यामा देखियो । आज राजाले साम, नाम, दण्ड, भेद प्रयोग गरेर आफ्नो लुटको स्वर्ग फर्काउन खोजिरहेका छन् ।

अरे साथी ! जुन सामान्ती सत्ताको दर्दनाक पिडाहरु तपाईहरुले भुली सक्नु भयो? त्यो नरभक्षी सरकारको शोषण, दमन अन्याय, अत्याचार गर्दै जनताका छातीमा गोली वर्षायको भुल्नु भो ? हजारौं सामाजिक अभियान्ता र योध्दाहरुलाई सहिद बनायको पिडा कहाँ हरायो ? तपाईहरुका श्रीमति, दिदीवहिनीहरुको बलात्कार गर्दाका घाउँका टाटाहरु हेर्नुस् !

म तपाईहरुलाई स्मरण गराईरहेको छु बरबरताका प्रतिमुर्तिहरुको चित्रहरु ! देश लुटेर विदेशी बंैक भर्ने नोक्करशाही निम्न पुँजीपति चिन्तनबाट ग्रसीत राजसत्ता यो देशको निकास हैन । अरे साथी ! उप्पीयाँको विकल्प उडुस खोज्नु भो भने तपाईका कुनै रातहरु पनि मिठो निन्द्रा र सुन्दर सपनाको हुनेछैनन् ।

तपाईहरु आँखा चिम्लेर उल्टो दौड लगाएर गन्तब्यमा पुग्न सकिदैन । सिद्वान्त विनाको अन्धो ब्यवहारले कुनै उपलब्धी नहुने कुरा धु्रव सत्य हो । अधिकार रोयर माग्दैमा पाईने हैन, खोसेर लिन सक्नु पर्छ । अधिकार खोस्नका लागि बल प्रयोगको सिद्वान्तलाई आत्मसाथ गर्नुपर्ने हुन्छ । द्वन्दात्मक भौतिकवादी वैज्ञानीक दृष्टिकोणका आधारमा संघर्ष ग¥यौं भने मात्र हामी अधिकार सम्पन्न हुनेछौं ।

हामीले नेपाली धर्ती, पुँजीवादी सरकारको प्रकृति र सामाजिक संस्कृतिका आधारमा वैज्ञानिक विधि र तौर तरिका सहितको घोषित ‘‘जनयुध्दको जगमा जनविद्रोहको वैज्ञानिक कार्यदिशा’’लाई आवलम्बन गरेर नेपाली समाज सुहाउँदो जनवादी ब्यवस्थाको स्थापना गरेर त्यसको समाजवादी विकास गर्न जरुरी छ ।