बाईस बाछिटा
बाछिटा नेपाली साहित्यमा भरखरै मात्र यहि २०७७ जेष्ठ २ गतेबाट लेखन सुरु गरिएको कान्छो र लघुतम विधा हो । यो विधा ३–५–३ अक्षर संरचनामा लेख्ने गरिन्छ ।
१.
प्रकृति
प्रेमिल लाग्छ
आकृति
२.
कुहिरो
मनमा चल्छ
पहिरो
३.
झरिले
मन चन्चल
परिले
४.
अप्सरा
फूल चुम्छन
भमरा
५.
जवानी
उमेर गर्छ
बैमानी
६
अंगेनो
बर्षा चुहियो
यो छानो
७.
कोरोना
कति कहनु
कहर ।
८.
झिरमा
डढेछ मुटु
पिरमा ।
९.
झरीले
भिजेको छ है
मझेरी ।
१०
विहानी
गर्नु हुन्न है
दुश्मनी ।
११.
नानीको
चन्चले बानी
पानीको ।
१२.
खुकुरी
मुटु अचानो
बाँसुरी ।
१३.
चौतारी
बर पिपल
दौतरी ।
१४.
बारीका
पसिना चुहे
भारिका ।
१५.
प्रकृति
सुसेल्छ छाँगा
छहरा
१६
साईनो
गाँस्नु छ प्रिय
सम्बन्ध ।
१७.
सुसेली
हाल्छ कोइली
विरह ।
१८.
वनमा
रुन्छ कोइली
मनमा ।
१९.
असार
उर्लन्छ हेर
खहरे ।
२०.
फुलेका
फूलहरु नै
भुलेका ।
२१.
छितिज
निहाली हेर्छु
प्रकृति ।
२२.
भेटमा
खाएको छैन
पेटमा ।
नेचा, सोलुखुम्बु