देउखुरीमा एक सय वेडको आइसोलेसन वार्ड निर्माण हुँदै,
भालुवाङ, दाङकाे देउखुरीमा यतिबेला एक सय बेडकाे आइसुलेशन निर्माण कार्य धमाधम अगाडि बढाइएकाे छ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा आइसोलेसन वार्ड धमाधम बनाईदै गरिएकाे हाे ।
जेठ २८ गते बाट कोरोना संक्रमित व्यक्तिलाई राखेर उपचार गर्ने योजना बनाएर प्रदेश ५ सरकार र स्थानीयतहको साझेदारीमा शिक्षालयमा नेपाली सेनाले सय वेडको आइसोलेसन सेन्टरमा काम गरिरहेको गाउँपालिकाले बताएको छ । संक्रमितको उपचार सेवा प्रभावकारी बनाउदै आइसोलेसन सेन्टरमा सेवा सुविधा थप गर्ने बारेमा छलफल गरिएको छ ।
देउखुरी क्षेत्रमा रहेका चार ओटा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मी परिचालन गरेर उपचारको प्रवन्ध मिलाइएको छ भने नेपाली सेनाले सुरक्षा र आइसोलेसन वार्ड बनाउने काम गरिरहेको छ ।
आइतबार गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको बैठकमा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरू रेवतीरमण शर्मा, इन्द्रजीत थारु, सरस्वती गौतम, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल शसस्त्र प्रहरीका एसपी नारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्द, लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासे, राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बा चौधरी, गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी सहित चार ओटै पालिकाका स्वास्थ्य शाखा संयोजकहरुको सहभागीतामा बैठक बसेको थियो ।