थप ३१४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ३,७६२

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) नियमित पत्रकार सम्मेलनमार्फत योसहित नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार ७६२ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २९४ जना पुरुष र २० जना महिला छन् ।