दाङमा एक जनाको मृत्युपश्चात कोरोना पुष्टि

 दाङ,  दाङका एक जना काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । दाङ घर भई भारतको नयाँ दिल्लीमा काम गर्दै आएका एक व्यक्तिमा मुत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हाे ।

लामो समयदेखि दम र सुगरबाट पीडित भनिएका घोराही उपमहानगरपालिका–का ५९ वर्षीय एक व्यक्तिमा मृत्युपश्चात कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जनाएको छ ।

नयाँ दिल्लीमै उपचारका क्रममा मृत्यु भएका उनको शव जेठ २४ गते दाङ ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । स्वाब परीक्षणका क्रममा उनीमा कोरोना पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।

अन्तिम संस्कारका लागि घरमा ल्याइएको उनको कोरोना रिपोर्ट पोजिटिभ आएसँगै नेपाली सेनाले व्यवस्थापनका लागि तयारी थालेको छ । मृतकलाई ल्याएर आएका सहयोगी र शव वाहन चालकलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।