पचालझरनाको क्वारेन्टाइनमा बसेकाहरुले बनाए स्कुलको सिंढी, फोहर फाल्ने खाडल

कालिकोट ,कालिकोटको पचालझरना गाउँपालिका ४  ज्ञानोदय माबि राम्नाकोटको क्वारेन्टाइनमा बसेकाहरुले निमार्णको काम थालेका छन । उनिहरुले क्वारेन्टाइनमा  बसेको समयलाइ सदुपयोग गर्दै दुईवटा फोहर फाल्ने खाडल र बिद्यालयको सिढी निमार्ण गरेका हुन ।

ज्ञानोदय माबि राम्नाकोट क्वारेन्टाइनमा बसेका करिब ८० जना नागरिकले बसाइको समयको सदुपयोग गर्दै स्कुलको सिढी बनाउने काम गरेको वडा अध्यक्ष अनरुप रोकायले जानकारी दिए । रोकायाका अनुसार क्वारेन्टाइनमा बसेका उनिहरुले फोहर फाल्ने खाडल स्कुलको सिढी निमार्ण गरेका छन । 

अध्यक्ष रोकायाले बसेको समयलाई सदुपयोग गर्दै क्वारेन्टाइनमा बसेका युवाहरुले बिद्यालयको बिभन्न काम गरेका हुन ।  उनले पुर्ण सचेतताका साथ क्वारेन्टाइनमा बसेको र सचेतपुर्ण ढंगले समयको उपयोग गरेको समेत जानकारी दिए ।

रोकायका अनुसार ८० जना स्थानीयहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ  । उनिहरुलाई केहिदेनि अगाडि भारतको बिभिन्न स्थानबाट  त्यहाँ पुगेका हुन  ।