अछाममा भारतबाट आएका ७७ जनालाई क्वारेन्टाइनमा राखियो

अछाम, अछामको कमलबजार नगरपालिका वडा नं ६ मा आएका ७७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आईतवार एकैदिन भारतको महाराष्ट्र राज्यको पुणेवाट आएका स्थानीय ७७ जनालाई वडा कार्यालय नजिकै रहेको कालिका माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको हो ।

वडामा कोभिड १९ वा कोरोना भाइरषको संक्रमण फैलिन नदिन क्वारेन्टाइनमा वडा नं ६ का वडाध्यक्ष राम बहादर शाहले जानकारी दिए ।उनले क्वारेन्टाइनमा केही दिन राखेर उनिहरु सबैको आरडिटी परिक्षण पछि घर पठाईने जानकारी दिए ।

यस अघि पनि १४ जनालाई क्वारेन्टाइनमा राखिएको र एकजनालाई घर पठाईसकिएको वडाध्यक्ष शाहले बताए ।