प्युठानमा थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४

भालुवाङ, प्यूठानमा आज आईतबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पिसिआर विधिबाट गरिएकाे परिक्षणमा प्यूठानकाे एक जनामा काेराेना संक्रमण पाेजेटिभ रिपाेट आएकाे हाे ।

प्युठानकाे सरुमारानी गाउँपालिका वडा नंम्बर २ का एक १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएकाे छ । सरुमारानी २ स्थित खड्केश्वरी प्राथमिक बिध्यालयको क्वारेन्टाइनमा बसेका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठान दाङले जनाएकाे छ । प्यूठानबाट ८१ जनाकाे स्वाब संकलन गरी पठाएकाेमा १ जनामा काेराेना संक्रमण देखिएकाे र बाँकीकाे रिपाेर्ट नेगेटिभ आएकाे प्रतिष्ठानले जनाएकाे छ ।

ती व्यक्ति यही जेठ ६ गते भारतको मध्येप्रदेशबाट स्वदेश आइपुगेको बताइएको छ । कपिलवस्तुको कृष्णनगर नाका हुँदै बीस जनाको समुहमा उनी स्वदेश आएका थिए । यही जेठ १७ गते उनी सहित २७ जनाको स्वाब संकलन गरिएको थियो ।

यो संगै प्युठानमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ। यस अघि स्वर्गद्वारी नगरपालिकामा १ जना र माण्डवी गाउँपालिकाका २ जना सहित ३ जनालाई कोरोना देखिएको थियो।