कोपिला भ्यालीले रुकुम पश्चिमलाई पठायो राहत सामाग्री

सुर्खेत, कोपिला भ्यालि सेवा समाजले कर्णाली प्रदेशको रुकुम पश्चिममालाई राहत स्वरुप सामाग्री पठाएको छ । कोपिला भ्यालिले कर्णाली प्रदेशको रुकुम पश्चिममा १ हजार ७ सय ५४ जना नागरिकका लागि राहत सामाग्री पठाएको हो ।

कर्णालीमा कोरोना भाइरस तिब्र गतिमा फैलिरहेका बेला सुर्खेतमा रहेको कोपिला भ्यालि सेवा समाजले कर्णालीका बिभिन्न स्थानीय निकायलाई राहत स्वरुप सहयोग गरिहेको छ । यसै सन्दर्भमा राहात सामाग्री कर्णाली प्रदेशको रुकुम पश्चिममा १ हजार ७ सय ५४ जना नागरिकका लागि राहत सामाग्री पठायको समाजका अध्यक्ष टोपबहादुर मल्लले जानकारी दिए ।

मल्लका अनुसार प्रदेश सरकार संगको समन्वय एवम सहकार्यमा कर्णालि प्रदशका १० वटै जिल्लामा रहेका नागरिकका लागि खाद्य तथा स्वास्थ्य सामाग्री पठाउने योजना रहको छ । त्यस्तै प्रदेशका सुर्खेत, दैलेख र कालिकोटका स्थानीय तहहरुमा खाद्य तथा स्वास्थ्य सामाग्री पठाइसकेको बताइएको छ ।