दाङमा १० जनाले कोरोना जितेर घर फर्किए
प्रकासित मिति : २०७७ जेष्ठ २५, आईतवार १४:११
प्रकासित समय : १४:११
दाङ, दाङमा आज काेराेना संक्रमणलाई जितेर १० जना घर फर्किएका छन् ।कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमण मुक्त भएर १० जना घर फर्किएका हुन् ।
यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका २ र बर्दियाका १ जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए ।
उनले सबैलाई आज नै घर पुर्याइने पनि बताए । कोरोना विशेष अस्पतालमा ५५ जना उपचाररत रहेको भएपनि अब ४५ जना रहेका छन् । बाँकी सबैको अवस्था सामान्य रहेको पनि वलीले वताए । केही दिन अगाडि ८ जनालाई अस्पतालले विदाई गर्ने भनेको भएपनि कार्यविधि अनुसार नभएकाले रोकेको थियो ।