पाकिस्तानको पञ्जाव सबैभन्दा धेरै कोरोना प्रभावित

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ९८ हजार पुगेको छ । १ हजार ९९८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाकिस्तानको पञ्जाव प्रान्त देशकै सबैभन्दा धेरै कोरोना प्रभावित प्रान्त हो । पछिल्लो २४ घण्टामा उक्त प्रान्तमा १ हजार ७८२ संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

पञ्जावमा हालसम्म ३७ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ भने ६८३ को मृत्यु भइसकेको छ । पञ्जावपछि सिन्ध प्रान्तमा सबैभन्दा धेरै ३६ हजार संक्रमित छन् भने ६३४ जनाको मृत्यु भएको छ ।