एमसिसी खारेजको माग गर्दै दाङमा पाँच दलको बिरोधसभा
दाङ , एमसिसी सम्झौताका विरुद्धमा दाङमा कृयाशिल पाँच राजनैतिक दलहरुले आज शनिबार दाङमा बिरोधसभा गरेका छ्न । जिल्लामा कृयाशिल राजनितिकदल राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले र देशभक्त जनगणतान्त्रिक मोर्चाले लकडाउनको समयमा समेत सामाजिक दुरी कायम गरेर उक्त बिरोधसभा गरेका हुन् ।
बिरोधसभामा बोल्ने बक्ताहरुले एमसिसी सम्झौता लागू भएमा देशको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर हुने तथा देशको असङ्लङ्न परराष्ट नितिको समेत धज्जी उडने हुँदा कुनैपनि सर्तमा एमसिसी सम्झौता संसद बाट अनुमोदन हुन नहुने बताएका थिए । साथै उनीहरूले कुनैपनि हालतमा त्यो सम्झौता खारेज हुनु पर्नेमा जोड दिएका थिए ।
बिवादस्पद् एमसिसी सम्झौताको बिरोध भइरहेको बेला सरकारले आगामी बजेटमा उक्त सम्झौताको योजना समेत अगाडी बढाएको हुँदा यसको खारेजी हुनुपर्ने बिरोधसभामा बोल्ने बक्ताहरूको जोड थियो ।
कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य समीर केसी, नेकपा मालेका जिल्ला सचिव नेत्रप्रकास पाण्डे, देशभक्त जनगणतान्त्रिक मोचाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडे लगायतले बिरोधसभालाई सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।