उच्च अदालत तुलसीपुरले अब थुनछेक तथा सुनुवाई गर्ने

दाङ , दाङकाे उच्च अदालत तुलसीपुरले विभिन्न मुद्धाको थुनछेक तथा सुनुवाई गर्ने भएको छ । शुक्रवार बसेको बार र बेन्चको बैठकले विभिन्न निवेदन, प्रतिवेदन, रिट निवेदन र पुनरावेदन मुद्धा दर्ता तथा सुनुवाई गर्ने निर्णय गरेको छ ।

अदालतका रजिष्ट्रार राम प्रसाद भट्टराईका अनुसार अदालतमा अब देखी बाणिज्य मुद्धा सम्वन्धी अभियोग दर्ता र सुनुवाई, पुनरावेदन दर्ता र प्रत्यक्र्षी नझिकाएको मुद्धाको सुनुवाई, तारेख गुजारेका रिट निवेदनको सुनुवाई, सरकारी निकायलाई विपक्षी बनाएको रिट निवेदन दर्ता र प्रारम्भिक सुनुवाई , मिलापत्र र मुद्धा फिर्ताको निवेदनको सुनुवाई, बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता र सुनुवाई र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिमको निवेदन /प्रतिवेदन र दफा १५५ बमोजिमको निवेदनको सुनुवाई हुने भएको हो ।