गुरूङ बृद्ध दम्पतीले दिए निलसागरलाई खाट र म्याट

भालुवाङ, मान्छे जन्मिदा खाली हात आउँछ,मर्दा पनि खाली हात नै जान्छ भन्ने कुरा सवैलाई थाहा छ । बाँचुन्जेल मान्छेले कन्जुस्याइँ गरि गरी सम्पत्ति जोड्छ र सम्पत्तिमा मोज मस्ती पनि गर्छ । तर समाजमा विरलै त्यस्ता मान्छे हुन्छन् । जसले आफुले कमाएको केही रकम समाजिक कार्य वा दिनदुखीको सेवामा खर्च गर्छन् ।

यस्तै पुनित काम गरेका छन् । दाङ देउखुरीका एक वृद्ध गुरूङ दम्पतीले । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी समाजसेवी तथा बुद्धिजीवी लुमबहादुर गुरूङ, उनका धर्मपत्नी राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य विष्णु गुरूङ एवम् जगत गुरूङ तथा उनका धर्मपत्नी सरिता गुरूङका ७८ वर्षिय बुवा नरबहादुर गुरूङ र ७७ वर्षिय आमा सरिदेवी गुरूङले आफुले बुझ्दै आएको पेन्सन र सामाजिक सुरक्षा भत्ताबाट ९० हजार रूपैयाँ बराबरको २० वटा फलामको खाट (वेड) र २० वटा म्याट निलसागर सेवा आश्रम राप्ती गाउँपालिका ८ पिपरीलाई बिहीबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन् ।

अाश्रमको अायोजनामा कार्यक्रम भएको हो । आश्रमका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहयोग दाता नरबहादुर गुरूङ, प्रहरी चाैकी सिसहनियाँका प्रमुख गोपालकुमार मल्ल, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी,पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गरिवु चाैधरीले गरेका थिए ।