दाङमा कोरोना संक्रमित घर फर्किए भन्ने समाचार सत्य होइन : चन्द

दाङ, दाङमा कोरोना संक्रमित घर फर्किए भन्ने समाचार सहि नभएको कोरोना संक्रमण रोकथाम नियन्त्रण जिल्ला स्तरिय समतिका सूचना अधिकार कमल चन्दले बताएका छन् । केही सञ्चारमाध्यममा कोरोना संक्रमित डिस्चार्ज भन्ने समाचार प्रकाशन भएपनि कोही डिस्चार्ज नभएको र आज बिहीबार मात्र दोस्रो स्वाब संकलन गरिएको उनले बताए ।

‘त्यस्तो जानकरी कसले दियो थाहा भएन’, उनले भने ‘मैले अस्पतालमा डाक्टर सर्वेशसँग बुझ्दा पनि त्यस्तो जानकारी दिनुभएन ।’ साथै डिस्चार्ज हुने भनिएका संक्रमितको स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाइएको र त्यसको रिपोर्ट आउन दुई तीन दिन लाग्ने चन्दले बताए ।

यसैबीच दाङको बंगलाचुली गाउँपालिकाले क्वारेन्टाइन भएको ठाउँलाई नै आइसोलेसन बनाएर कोरोना संक्रमितको उपचार गर्ने भएको छ । प्रदेश सरकारले स्थापना गरेको बेलझुण्डी अस्पताललमा संक्रमितलाई राख्ने ठाउँ नभएपछि स्थानीय तह आफैले आइसोलेन बनाउन थालेका हुन ।

बेलझुण्डी अस्पतालमा राख्ने ठाउँ नभएपछि संक्रमितलाई क्वारेन्टाइनमा नै उपचार गर्नु पर्ने अवस्था आएको थियो । जसले गर्दा बंगलाचुलीले वडा नम्बर १ को प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा २५ बेडको र ४ को झुलिडाँडामा १५ बेडको आइसोलेन तयार पारेको सूचना अधिकारी चन्दले जानकारी दिए । उनले गाउँपालिकाले अहिले संक्रमितलाई आइसोलेसनमा राखेर उपचार थालेको समेत बताए ।