बाँकेमा थप ४२ जनामा कोरोना संक्रमण, जानकी गाउँपालिकामा मात्रै ४० जना
प्रकासित मिति : २०७७ जेष्ठ २२, बिहीबार १७:३१
प्रकासित समय : १७:३१
नेपालगन्ज, बाँकेमा थप ४२ जानलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४२ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
नेपालगञ्ज वडा नं १२ र १५ का दुई जना र जानकी गाउँपालिकाका ४० जना रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका सबै क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबै भारतबाट आएकाहरु भएको जनाइएको छ ।
यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा २ र जानकी गाउँपालिका ४० जना पुरुष गरी ४२ जनाका पोजेटिभ देखिएको हो ।
जानकीमा पहिलोपटक कोरोना संक्रमितहरु भेटिएका हुन् ।