दाङको बेलझुण्डीबाट ८ जना कोरोना जितेर घर फर्किए

 दाङ, दाङकाे कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका कोरोना बिरामी मध्ये आठ जना निको भएर आज बिहिबार घर फर्किएका छन् । गत जेठ २ र ३ गते अस्पतालमा भर्ना भएका उनीहरु उपचार पछि निको भएर आज घर फर्किएकाृ अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार दाङको गढवाका १ जना, नरैनापुर बाँकेका ५ जना र शिवराज नगरपालिका कपिलबस्तुका २ जना गरी आठ जना निको भएका हुन् । उनीहरुलाई आज एक कार्यक्रमका बीच बिदाई गरिको छ । अस्पतालमा अहिले ५० जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।