लकडाउन प्रहरीकोलागि मात्र होइन नागरिकको सुरक्षाको लागि हो : डिएसपी सिंह

दाङ, ईलाका प्रहरी कार्यालय प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले लकडाउन प्रहरीको लागि मात्र नभएर सबै नागरिकको सुरक्षाको लागि भएकाे बताएका छन । बिहिबार संचारकर्मीसंगकाे बिशेष कुराकानीमा सिंहले लकडाउन सबै नागरिककाे सुरक्षाकाे लागि भएकाे बताएका हुन  ।

 तुल्सीपुरमा भर्खरै सरुवा भएर आएका सिंहले भने यसलाई हामी सबैले पालना गर्न जरुरी छ ।  देश अहिले विश्वभर फैलिएको कोरोना भाइसरलाई अन्त गर्न यसको उपचार भनेको लकडाउननै हो । अर्को प्रश्नमा तुल्सीपुर क्षेत्रमा हुने खोलाहरुमा अबैध नदिजन्य उत्खनन, लागू औषध पुर्ण नियन्त्रण ,होटलहरुमा हुने योन, धन्दा गुन्डागर्दी, ठगी तस्करी फरार अपराधीहरुलाई खोजी कार्वाहीको दायरामा ल्याउने भेटघाटको क्रममा तुल्सीपुर ईलाका डिएसपी सिंहले भने अपराधको हबको रूपमा परिचीत रहेको तुल्सीपुर पश्चिम क्षेत्रलाई अब शुन्यमा झार्नेछु।

एक अर्काे प्रसंगमा  तुल्सीपुर क्षेत्रमा रहेको खोलाहरुबाट अबैध नदि जन्य उत्खननलाई नियन्त्रण र अबैध क्रसर उद्योग माथि कडा निगरानी कडाइका साथ लागेर निर्मुल पार्ने डिएसपी सिंहले बताए ।

जेठ २० गते ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा सरुवा भैइ आएका प्रहरी प्रमुख डिएसपी सिंहले बोलेर भन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाए ।  सुरु देखिकै रफ्तार अन्तिम सम्म रहेनी गरि कामको थालनी गर्ने उनले बताए ।  दाङमा भित्रिने लागूऔषध कारोबारीलाई कडाइको साथमा चेकजाँच र फेला परे कडा कार्वाही दायरमा ल्याउने उनकाे भनाइ रहेकाे छ  ।